सर्पले टोक्दा पश्चिम दाङमा बालक बिरामी

तुलसीपुर, १३ जेठ

सर्पको टोकाईबाट पश्चिम दाङमा एक बालक बिमारी परेका छन् ।

बिरामी परेका बबई गाउँपालिका–४ गौरीगाउँ निबासी ११ बर्षका बालक मोतिलाल वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

सुतिरहेको बेला राति १ बजे दायाँहातमा गराँइच सर्पले टोकेको बालकका वुवा केशव वलीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया