तुलसीपुर, १२ जेठ
कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप ४ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ ।
यो संगै अस्पतालमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । रुपन्देही ३ र बर्दियाबाट १ जना कोरोना संक्रमित आएपछि संक्रमितको संख्या २२ पुगेको अस्पताल व्यवस्थापक हे.अ. दोर्णबहादुर वलीले जानकारी दिए ।
सबै सक्रमितिको संख्या सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । कोरोना विशेषअस्पतालमा दाङका ३ जना, कपिलवस्तुका ६ जना, बाँकेका ८जना, बर्दियाका २ जना रुपन्देहीका ३ जना रहेका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार