रुकुम पश्चिम नेकपाले ग¥यो छानविन समिति गठन

दाङ, १२ जेठ ।

रुकुम पश्चिममा भएको घटनाको विषयमा छानविन गर्न नेकपा जिल्ला कमिटिले एक समिति गठन गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती भन्ने ठाउँमा शनिवार साँझ भएको घटनाको विषयमा नेकपा प्रदेश कमिटि सदस्य चन्द्र बहादुर विश्वकर्माको संयोजकत्वमा तिन सदस्यिय छानविन समिति गठन गरिएको छ ।

जसको सदस्यमा प्रदेश कमिटि सदस्य पुष्प बादी र जिल्ला कमिटि सदस्य भिमा थापा रहेका छन् । उक्त समितिले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाहीका लागी प्रहरी प्रशासनलाई सहयोग गर्नेछ । साथै जिल्ला कमिटिले उक्त घटना भएको प्रति दुःख व्यक्त गरेको छ । जिल्ला कमिटिका अध्यक्ष गोपाल शर्माले जारी गरेको प्रेस विज्ञप्तीमा यस्तो उल्लेख छ ।

दलित र गैरदलित विच भएको प्रेम सम्वन्धका कारण सोहि ठाउँकी १७ बर्षिया सुस्मा मल्ललाई लिन भनि गएका जाजारकोट भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ निवासी दुलाहा नवराज विक सहित चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनारको हत्या भएको थियो । उनीहरुको शव भेरी नदीमा फेला परेको थियो । केटा पक्षबाट १९ जनाको जन्ती समुह पुगेको भनेता पनि अझै चार जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया