तुलसीपुर, १२ जेठ
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जोखिमयुक्त कृत्रिम तालाई तारबार गरिने बताएका छन् । बर्षेनी नागरिकहरुको तालमा डुबेर अकालमा ज्यान जान थालेपछि उपमहानगरपालिकाले संभावित जोखिम भएका तालहरुलाई आगामी बर्षदेखि तारबार गरिने नगर प्रमुख चौधरीले बताए ।
स्थानीयबासीहरुले गाउँको माझमा घेरबार नगरी ताल मात्रै बनाउदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको भन्दै गुनासो गरिरहदा नगर प्रमुख चौधरीको यस्तो भनाई आएको हो । उपमहानगरपालिकाले ज्यामिरे दह, चैते ताल र गुलरीयमा रहेका ताललाई तारबा गरिने प्रमुख चौधरीले बताए ।
यो बर्ष ७ वटा नयाँ कृत्रिम तालहरु बनाउने
यसैगरी घोराहीमा उपमहानगरमा यो बर्ष ७ वटा नयाँ कृत्रिम तालहरु बनाउने काम तिब्र गतिमा अघि बढेको उपमहागनरपालिकाले जानकारी दिएको छ । निर्माण भईसकेका ताल अहिले १६ वटा पुगेका छन् । उपमहानगरपालिकाको १, २, १६, १३, १० र १८ नम्बर वडामा कृत्रिम तालहरु छन भने १२, ११ र ४ नम्बर वडामा नयाँ तालहरु बनिरहेको नगर प्रमुख चौधरीले जानकारी दिए । सिंचाईका लागि किसानहरुको माग बढेका कारण कृत्रिम तालहरु बनाउने क्रम बढ्दै गएको पनि चौधरीले बताए ।
यसैविच नागरिकहरुको अटेरीका कारण पनि दुःखद घटनाहरु घट्ने गरेको चौंरीले बताए । विभिन्न उपभोक्ता समिति गठन, गरि सचेतनाका लागि प्रचार प्रसार लगाएतका काम गरेपनि घटना घटेको ठाउँमा पुनः नागरिकहरु नपत्यार जाँदा नसोचेका घटनाहरु घट्ने गरेको उनले बताए ।
उपमहागनरको १७ नम्बर वडाको गुलरीयामा रहेको तालमा डुबेर आईतबार एक युवकको ज्यान थियो ।