
तुलसीपुर
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इश्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र इदको अवसरमा शुभकामना दिएका छन् । विविधतायुक्त समाजमा मनाइने यस्ता सांस्कृतिक उत्सव र पर्वले समाजका विभिन्न समुदायका मानिसका बिच सद्भाव र भ्रातृत्व वढाउन मद्दत पुगेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले विश्व नै यतिबेला कोभिडसँग लडिरेहकाले यसको प्रकोपलाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्दै पर्व मनाउनका लागि आग्रह समेत गरेका छन् ।
“अहिले सबैको मुख्य उद्देश्य भनेको कोभिडसँग लड्ने नै हो , यही कुरालाई सबैले मध्यनजर गर्नुपर्नेछ ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार