नगर प्रमुख केसीद्धारा ईदको शुभकामना

देउखुरी,  जेठ १२  

मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूलाई शुमकामना व्यक्त गरेका छन् । ।

नगर प्रमुख केसीले सोमबार पर्न गएको ईदको शुभकामना व्यक्त गर्दै, ठूलाबडासँग आशीर्वाद पनि फोन अथवा सामाजिक सञ्जालबाट नै लिन आग्रह गर्नुहुदैँ, घरमै नमाज पाठ गर्न इस्लाम धर्मावलम्बीलाई अनुरोध गरेका हुन् ।

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै केसीले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध भएर प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया