शिवु खनाल
दाङ, भैँसाहीनाका १२ जेठ / भारतसंग जोडिएका दाङको सिमा क्षेत्रहरुमा रहेका सिमा स्तम्भहरुको स्थलगत अवलोकन तथा निरिक्षण गरिएको छ । लकडाउनको ६२ आँैदिन शनिवार भारतसंग जोडिएका दाङका सिमाक्षेत्रहरूमा रहेका सिमा स्तम्भ, सिमा चौकि, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र दशगजाको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमा क्षेत्रको विवाद चलिरहेको बेला दाङ जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाइ गण दाङका गणपति नारायण श्रेष्ठ, पत्रकारहरुको संयुक्तमा भारतसंग जोडिएका दाङको खांग्रा, अरबेरूवा, भैरवा, गौरिया, गन्धेला, छेग्रिया, डगमारा, गम्भीरा, सिउरेनि, सुनपत्थरी, जुरेनी, सकैया, तल्लो सुकैया, भित्री सुनपत्थरी, खिट्की र भैँसाहीनाकामा पुगेर सिमा स्तम्भ, सिमा चौकि, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, दशगजाको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।
लकडाउन चलिरहेको बेला सिमा स्तम्भहरुको अवस्था, सिमा अपराध र कोरोना संक्रमितको अवस्था बुझ्न नेपाल भारत सिमा क्षेत्रमा पुगेको दाङ जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘लकडाउन हुनु भन्दा एक हप्ता अगाडि सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना खांग्रानाका पुगेका थियाँै । अहिले पश्चिममा लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमा क्षेत्रको विवाद चलिरहेको बेला दाङको सिमा स्तम्भहरुको अवस्था केछ भनी बुझ्नलाई सिमा प्रवेश गरिएको हो ।’
‘नेपला भारत सिमा क्षेत्र पूर्ण रुपमा बन्द भएको आज ६२ दिन भयो । हाम्रो सिमा स्तम्भको अवस्था सबै राम्रो छ । सिमा चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको अवस्था पनि राम्रै छ । सिमानामा गस्ती बढाइएको छ । सिमा स्तम्भको संरक्षणमा स्थानियहरुको साथ सहयोग पनि राम्रो पाएका छौँ । दाङका प्रत्येक सिमा क्षेत्रहरुमा पुगेर नियमित स्थलगत अनुगमन तथा निरिक्षण गर्दै आएका छाँै । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिमाका स्थानियहरुले सिमा स्तम्भको संरक्षण गरि रहनु भएको छ ।’
सुनसान बन्दै सिमा क्षेत्र
भर्खरै चहलपहल सुरु हुदै गर्दा भारतसंग जोडिएका दाङका सानाठूला गरि ३४ वटा नाकाहरु सुनसान बन्दै गएका छन् । लकडाउन हुनुभन्दा पहिला चहलपहल बढ्दै गरेको दाङको सिमा क्षेत्रहरु लकडाउन गरे देखि पूर्णरुपमा ठप्प छ, जस्ले गर्दा प्रत्येक नाकाहरु सुनसान बन्दै गएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम राजपुर गाउँपालिका कार्यकारी सदस्य भिम वलीले बताउनुभयो ।
उहाँले भन्नुभयो,–। ‘नेपाल सरकारले चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउनले गढवा र राजपुर गाउँपालिकामा पर्ने ३४ वटा नाकाहरु पुरै सुनसान छ । मान्छेहरुको आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । छिमेकी राष्ट्र भारतबाट नेपाल केही भित्रीदैन र नेपालबाट पनि भारत केही जादैँन ।’ नेपाल भारत सिमा क्षेत्र पूर्णरुपमा बन्द भएपछि मजदुरको लागि नजिकै भारत जाने सिमाबासीहरु अहिले घरमै छन् । घरमा बसेर आफ्नै खेतहरु खनजोतमा व्यस्त हुनुहुन्छ । मजदुरी गर्न भारत गएका अन्य सिमाबासीहरु लकडाउने गर्दा नेपाल भित्रीन पाउँनु भएको छैन, सदस्य वलीले भन्नुभयो ।
सिमाक्षेत्रमा प्रहरी चौकी माग गर्ने खत्री
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही नाकामा २०४० सालमा सिमा चौकी माग गर्ने स्थानिय मानबहादुर खत्रीसंग दाङ जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाइ गण दाङका गणपति नारायण श्रेष्ठले भेटघाट गरि नाकाको समस्या बारे बुझ्नु भएको छ । सिमा क्षेत्रहरुको सिमा स्तम्भहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्न गएको बेला उहाँहरुले भेटघाट गर्नु भमएको हो ।
रुकुमबाट २०४० मा बसाइसराई गरि दाङको भैँसाही नाका आउनु भएका खत्रीले सिमा क्षेत्रमा सिमा अपराध, गुण्डागर्दि बढ्दै जान थालेपछि भैँसाही नाकामा चौकि माग गरेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘सिमा क्षेत्रमा धेरै भन्दा धेरै सिमा अपराध बढ्दै जान थाल्यो । गाउँमा बोल्ने र टाठाबाठा कोहि नाई । नाकामा धेरै बस्ती पनि थिएन । दिनप्रतिदिन सिमा क्षेत्रमा जघन्य अपराधहरु बढ्दै जान थाले र सिमा संरक्षणको लागि एक्लै पैदल हिडेर चौकि माग्न दाङको प्ररही कार्यालयमा पुगेको थिए ।’
‘२०४० सालमा सिमा चौकीको माग गरे । २०४६ सालमा भैँसाही नाकामा सिमा चौकी भैँसाही भनेर चौकी स्थापना भएको थियो । रुकुममा छोरा मृत्युको पिरले रुकुम छोडेर दाङ झरेको । उहाँले भन्नुभयो,– । ‘हामी बसे देखि सिमाना मिचिएको छैन । सिमा स्तम्भ जहाँको त्यहि छ ।।