दाङको प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा बाँके र बर्दियाका ५ जनाको रिपोट पोजेटिभ

दाङ, ११ जेठ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईवार दुई सय भन्दा बढिको कोरोना परिक्षण गर्दा बाँके र बर्दियाका ५ जनाको रिपोट पोजेटिभ आएको छ । प्रतिष्ठानले आईवार बेलुकी एक प्रेस विज्ञप्ती जारी गदै दाङ,बाँके र बर्दियाबाट संकलन भएको दुई सय उन्तिस जनाको नमुना परिक्षण गर्दा दुई सय चौबिस जनाको रिपोट नेगेटिभ आएको जानकारी दिएको हो ।

जसमा बर्दियाको एक सय जनाको परिक्षण गर्दा बासगढि ९ का एक जनाको रिपोट पोजेटिभ र बाँकेका एक सय २९ परिक्षण गर्दा राप्ती सोनारी गाउँपालिका ५ का ४ जनाको रिपोट पोजेटिभ आएको छ । उनीहरु सवै पुरुष रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया