कृतिम तालले लग्यो केसीको ज्यान, १० जना पक्राउ

तुलसीपुर, ११ जेठ

घोराहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएपछि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियामा बस्दै आएका २२ बर्षीय विजय केसीको मृत्यु भएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकाहरुको प्रहरीले नाम खुलाएको छैन । मृतक युवकसंगै उनिहरु पनि नुहाउन गएकाले सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केसी डुवेको पोखरीमा डुबेर अघिल्लो बर्ष पनि एक युवकको मृत्यु भएको थियो ।

घोराही उपमहानगरपालिकाले निर्माण गरेको मानव निर्मित पोखरीमा अहिले करिब ५/६ जनाले ज्यान गुमाई सकेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय कृतिम पानी पोखरी मानव काल  बन्न थालेपछि  स्थानीयहरुले यसको तारबार गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया