बेलझुण्डीमा कोरोना संक्रमितको संख्या १८ पुग्यो

तुलसीपुर, ११ जेठ

कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ ।

बर्दियाको ढडैयातालबाट १९ बर्षिय युवकलाई शनिबार राति साढे आठ बजे ल्याएपछि कोरोना संक्रमितको संख्या १८ पुगेको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिएका छन् ।

यस अघि बाँकेको नरैनापुरका ८ जना, कपिलवस्तुबाट ६ जना, र दाङका तीन जनालाई भर्ना गरिएको थियो । यसैबिच एक हप्ता अघि आएका १६ जनाको कोरोना परीक्षणका लागि स्वाब राप्ती विज्ञान प्रतिष्ठानमा पठाईएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया