अन्र्तजातिय प्रेम सम्बन्धले निम्त्याएको घटना :दुलही लिन गएका जन्ती,मलामी जानी भए

लक्ष्मण विश्वकर्मा ,

दाङ, ११ जेठ ।

रुकुम पश्चिममा दर्दानक घटना भएको छ । दुलही लिन गएका दुलाहाको कुटपिट गरी हत्या भएको छ भने जन्तीहरु मध्ये कतिपय सम्पर्क विहिन भएका छन् । उक्त घटनाले दुलही लिन गएका जन्ती अब मलामी जाने अवस्था सिर्जना भएको छ । यो घटना रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती भन्ने ठाउँमा शनिवार साँझ भएको हो ।

सोहि ठाउँकी सुस्मा मल्ललाई लिन भनि गएका जाजारकोट भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ निवासी दुलाहा नवराज विकको केटि पक्षका गाउलेको कुटाईबाट मृत्यु भएको रहस्य खुलेको छ ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख ठक बहादुर केसीका अनुसार दुलही लिन भनि गएका केटा पक्ष र केटी पक्षका विच शनिवार साँझ झडप हुदा उक्त घटना भएको होे । तर ती युवक(दुलाहा) भेरी नदीमा राती मृत फेला परेका थिए । डिएसपी केसीका अनुसार केटा र केटि बिच विगत लामो समय देखी प्रेम सम्वन्ध थियो ।

सोहि कारण केटिले केटालाई घर लिन आउनु भनि बोलाएपछि केटि लिनका लागी केटा पक्षबाट १९ जनाको समुह त्यहा पुगेको थियो ।उनीहरु साँझको समयमा केटिको घरमा पुगेका थिए । त्यसपछि केटिका आमाले थाहा पाएपछि गाउँलेहरुलाई भेला गराएपछि दुवै पक्ष विच बिवाद हुदा उक्त घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । विवाद हुदा कुटाकुट हुनुको साथै भागाभागको अवस्था सिर्जना भएको प्रहरीले बताएको छ ।

केटा पक्षका १९ जना मध्ये १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएका थिए भने अन्य ६ जना भाग्ने क्रममा भेरी नदी हाम फालेको बुझिएको प्रहरीले बताएको छ । मृतक विकको शव पनि भेरी नदीमा फेला परेको थियो । नदीमा हाम फालेका भनिएका ६ जनाको अवस्था के छ भन्ने विषयमा अहिले केहि जानकारी नभएको र खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । उक्त घटनाको विषयमा अनुसन्धानका लागी प्रहरीले गाउँलेले नियन्त्रणमा लिएका केटा पक्षका अभिभावक सहित ती १२ जना र केटि पक्षलाई ईलाका प्रहरी कार्यालय चौरजहारीमा राखेको डिएसपी केसीले बताएका छन् । मृतकको शवलाई पोष्टमार्टमका लागी जाजारकोट पठाईएको उनले बताएका छन् ।अहिले घटनाको अनुसन्धान भईरहेको छ ।

अन्र्तजातिय विवाहका कारण हत्या

यसैविच उक्त घटनाको विषयमा अन्र्तजातिय विवाहकै कारण दलित समुदायका नवराजको हत्या भएको भन्दै अहिले सामाजिक सन्जाल माफर्त चौतर्फि विरोध भईरहेको छ । केटा दलित र केटि ब्राहमण ठकुरी भएकाले जातकै कारण युवक हत्या भएको उल्लेख गरिएको छ । उनीहरु विच लामो समय देखीको प्रेम सम्वन्ध भएकाले विवाह गर्न खोज्दा निर्मम तरिकाले हत्या गर्नु जघन्य अपराध भएको भन्दै सामाजिक सन्जाल मार्फत विरोध भएको छ ।

अन्र्तरजातिय प्रेम सम्वन्धका कारण नवराजको हत्या गरिएको पुर्व खेलकुद मन्त्री दलजित सेपाईलीले आफनो फेसबुक मार्फत उल्लेख गरेका छन् ।उनले लेखेका छन् संघिय गणतन्त्रमा जातिय विभेदको यो अत्यन्तै लज्जाजनक घटना हो , उक्त घटनाको घोर भत्सर्ना गर्दछु । यो कोरोनाको कहर, लकडाउनको समयमा घटेको यो गम्भिर घटनाको सत्यतथ्य पत्ता लगाई पिडितलाई न्याय र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दछु भन्दै उनले फेसबुक स्टाटस् लेखेका छन् ।यस्तै अन्य दलित अधिकारकर्मीहरुले पनि उक्त घटनाको घोर भत्सर्ना गदै दोषिलाई कारवाही र पिडितलाई न्यायको माग गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया