दाङमा सर्पको टोकाइबाट ९ बर्षिया बालिकाको मृत्यु

शिवु खनाल, दाङ, ११ जेठ ।
सर्पको टोकाइबाट दाङमा एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धन बहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

शनिबार अपरान्ह चार बजे आफ्नो आमा संगै घरको पेटीमा बसेको समयमा सर्पले उनलाई डसेको थियो । सर्पले डसेको थाहा पाएपछी बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउँदा सम्म बालिकाको उनको मृत्यु भैसकेको प्रहरीले बताएको छ ।

 

मृतक बालिका रेश्मा कुमाल लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक बिद्यालय भ्युसनपुरले लिएको गत वर्षको वार्षिक परिक्षामा कक्षा दुई बाट तृतीय श्रेणीमा पास भएको बिद्यालयका प्रधानाध्यापक ओम प्रकाश बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया