विपन्न परिवारलाई सहयोग

शिवु खनाल

देउखुरी, जेठ ११ /  कडाउनले प्रभावित परेपछि लमहीका पाँच जना स्थानीयले राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका ३० जना विपन्न घर परिवारलाई राहत स्वरूप खाद्यान्न सहयोग गरेका छन् ।

शनिवार लमही खानेपानी सरसफाइ तथा उपभोक्त समितिका सदस्य विष्णु गिरी, व्यवसायी सुरेश जयसवाल, सत्य चौधरी र ममता आचार्यले लकडाउनले प्रभावित परेका राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका ३० जना अति विपन्न घर परिवारलाई उन्तीस हजार पाँचसय बराबरको राहत सहयोग गरेका हुन् ।

लमही खानेपानी सरसफाइ तथा उपभोक्त समितिका सदस्य विष्णु गिरीले राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकालाई हस्तान्तरण गर्नु भएको थियोे । यस्तो विपद्को बेला एकद्वार प्रणालीको माध्यमबाट राहत उपलब्ध गराउने लमहीका स्थानीय पाँचजना प्रति आभार प्रकट गर्नु भएको थियोे ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया