बेड खालीनहुँदा संक्रमित बिरामी एम्बुलेन्समै बस्न बाध्य

काठमाडौँ, १० जेठ

पाटन अस्पतालमा आइसोलेसन बेड खाली नभएपछि दिउँसो ४ बजेदेखि कोरोना संक्रमित बिरामी एम्बुलेन्समै बस्न बाध्य भएका छन् । पाटन अस्पतालमा पहिले नै १५ जना कोरोना संक्रमित बिरामीको भर्ना भएर उपचार भइरहेको छ ।

काठमाडौंको कुलेश्वरमा रहेको राजधानी अस्पतालले कोरोना पोजिटिभ देखिएसँगै उनलाई एम्बुलेन्समा राखेर पाटन अस्पताल पठाइदिएको थियो । पटान अस्पतालसँग बेड नहुँदा नहुँदै पनि समन्वय नै नगरी राजधानी अस्पतालले लापरवाही पूर्वक त्यहाँ बिरामी पठाएको कारण उनी अलपत्र परेका हुन् ।

सर्लाही जमुनिया स्थायी घर भएका ती बिरामी पाँच दिनअघि सडक दुर्घटनामा परेर घाइते भएका कारण थप उपचारका लागि काठमाडौैं ल्याइएको थियो । अन्य अस्पतालले समेत भर्ना गर्न नमाने पछि कोरोना संक्रमितको अवस्था झनै बेजोग भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया