कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चार महिना पुरा,लकडाउन भएको दुई महिना

काठमाडौ, १० जेठ ।

नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको शनिवार चार महिना पूरा भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलो सङ्क्रमण फेला परेको थियो ।

मुलुकलाई लकडाउन अर्थात् बन्दाबन्दीमा राखेको पनि दुई महिना पुगेको छ । बन्दाबन्दीका कारण मानिसहरूको जनजीवन थप कष्टकर हुँदै गएको छ । देशमा कोरोना भाइरस सुरु भएको चार महिनामा देशमा तीनजना व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ ।

यो अवधिमा ५ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सरकारले पछिल्लो समय पीसीआर परीक्षण बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । ४२ हजारभन्दा धेरै व्यक्तिको पीसीआर परीक्षण भएको छ भने दु्रत अर्थात् आरडिटी परीक्षण भने ८२ हजारभन्दा बढीको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया