घोराहीमा स्वाब परीक्षण गर्दा २८ संक्रमित

तुलसीपुर, १० जेठ

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको कोरोना परिक्षणमा २८ जनाको रिर्पोट पोजेटिभ आएको छ । प्रतिष्ठानले आज दिएको जानकारी अनु्सार कोरोना आसंका गरिएका बाँके, कपिलबस्तु र बर्दियाबाट नमुना संकलन गरिएका तिन सय ९४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ सय ३६ जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकी २८ जनाको पोजेटिभ आएको हो ।

जसमा बाँकेको नरैनापुर मदरसाका ५४ जना मधे ६ जनाको पोजेटिभ देखीएको हो । जसमा १७ देखी ३२ उमेर समुहका सवै पुरुष रहेका छन् । यस्तै राष्टिय प्रावि गेगली बाँकेका ५५ जना मध्ये १५ जनाको रिपोट पोजेटिभ आएको हो ।

उनीहरु सवै पुरुष रहेका छन् यस्तै राष्टिय प्रावि स्कुल महातानिया बाँकेका ६८ जना मध्ये ६ जना र बढैया ताल बर्दियाका ३० जना मध्ये १ जनाको रिर्पोट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।  उनीहरु सवै पुरुष हुन् । प्रतिष्ठानका अनु्सार हाल सम्म १६४४ जनाको नमुना संकलन गरिएकोमा परिक्षण गरिएको ११५८ , पोजेटिभ ३१ र नेगेटिभ ११२७ र परिक्षणको प्रक्रियामा ४५० रहेको बताईएके छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया