पत्रकारकी श्रीमतिलाई कोरोना संक्रमण

पर्सा १० जेठ 

पत्रकारकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेमा बाराको करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारकी ३७ वर्षीया श्रीमतीमा रहेकी छन ।

आज  बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

करैयामाई गाउपालिका जन स्वाथ्य अधिकृत रामनाथ चौधरीका अनुसार कोरोनाको उक्त संक्रमण पुष्टि भएकी ती महिला यसअघि संक्रमित भएका पत्रकारकी श्रीमती हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया