
काठमान्डौ, १० जेठ
भारतले नेपाली भूमि कालापानी लगाएतका क्षेत्रमा हवाई गस्ती गर्न थालेको छ । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले त्यस क्षेत्रमा हवाई गस्ती बढाएको हो । स्थानीय धनसिंह धामीका अनुसार दैनिक १२/ १५ पटक हवाई गस्ती गर्न थालेको छ ।
‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२।१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।
धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास ९भारततर्फ० क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’
प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार