नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७ पुग्यो

काठमाडौ, ९ जेठ ।

शुक्रवार थप २० जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७ पुगेको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय एक पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शुक्रवार गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलालीको जानकारी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । बाँकेमा १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुष हुन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका र बाँकी १३ जना नरैनापुरका बासिन्दा हुन् । मोरङको रतुवामाई २ का एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया