सबै वडामा क्वारेन्टाइन बनाउँदै नगरपालिका

शिवु खनाल

देउखुरी, जेठ ९ दाङको लमही नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडाहरुमा क्वारेनटाइन बनाउँने निर्णय गरेको छ ।

बिदेश लगायत देशका बिभिन्न ठाउँमा कार्यरत नागरिकहरु भित्रिन थालेपछि नगरका वडाहरुमा क्वारेनटाइन बनाउँन थालेको लमही नगरपालिका नगर प्रम्ुख कुलबहादुर केसीले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएसङै नगरपालिकाले नगर क्षेत्रका केही बिद्यालयलाई क्वारेन्टाइन बनाउने गरेको निर्णय सङै, स्थानीयले बिरोध गरेका हुन ।

शुक्रबार बसेको कार्यपालिका वैठकले सुबिधा र उपयुुक्तका आधारमा नौवटै वडाका सामुदायिक बिद्यालयलाई क्वारेन्टाइन बनाईने सहमती भएको लमही नगरपालिकाका प्रबक्ता बिम बहादुर केसीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया