तुलसीपुरमा मजुदुरको मृत्यु , रिपोर्ट नेगेटिभ

तुलसीपुर, ९ जेठ

तुलसीपुर–१८ वनकट्टामा रहेको ए.वि.सी इट्टा भट्टामा एक भारतीय मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको रुपैडिया निबासी २५ बर्षका निसार अली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । एक्कासी पेट दुख्यो भन्दै छपटीएका अलीको जेठ ६ गते राति साढे १२ बजे  मृत्यु भएको थियो ।

मृतक अलिको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया