दुई जना पत्रकारलाई पनि कोरोना देखियो

बुटवल, ९ जेठ,

कपिलवस्तुमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुल्न आएको हो ।

दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् ।

दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको  पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताए । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया