बाँकेमा धर्मगुरुसहित २१ जना कोरोना जितेर घर फर्किए

नेपालगंज , ९ जेठ

नेपालमा पहिलाे पटक ठूलो संख्यामा  बाँकेबाट कोरोना जितेका  एकजना धर्मगुरु सहित २१ जनालाई डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि खजुरास्थित सुशील कोईराला  प्रखर  क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा उपचारार्थ रहेका ६० वर्षीय मोअज्जीन सहित २१ जना संक्रमितहरुले कोरोनालाई पराजित गरि घर फर्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले २४ घण्टाभित्र गरिएको दोस्रो पटकको पिसिआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएका २१ जनालाई विदाई गरिएको पुष्टि गरे ।

डा. थापाका अनुसार, खजुरामामात्र बाँके र बर्दियाका २८ जना उपचारार्थ भर्ना छन् । उनिहरुलाई २० दिन आइसोलेसनमा राखिएको थियो । धर्मगुरु बाँकेका पहिलो कारोना संक्रमित हुन् ।

कोरोना जित्न सकिन्छ है भन्ने सन्देश दिनका लागि औपचारिक कार्यक्रम गर्ने पनि तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया