दार्चुलाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथी

तुलसीपुर, ८ जेठ 

दार्चुलाको घाँटीबगर ईलाका आजदेखि नेपाली सेनाको एक टोली तैनाथ भएको छ ।

मन्त्रीपरिषदको बैशाख १४ गतेको निर्णय अनुसार महाकाली करिडोर अन्र्तगत दार्चुला टिंकर सडक योजना निर्माणका लागि सेना तैनाथ भएको हो ।
सेनाले  उक्त करिडोरमा ८७ किलोमिटर सडक निर्माण गर्ने छ । बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली भोली  तैनाथ गर्ने योजना रहेको छ ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गा।पा।(१ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० प्रत्यक्ष लाभान्वीत हुने छन् । अहिले यहाँका स्थानीयहरु भारतको बजारमा परनिर्भर रहनु पर्ने अवस्था छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया