बबईमा एक हजार २ सय ७ नागरिक आइपुगे

दाङ, ८ जेठ ।

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका ५ बबईमा एक हजार २ सय ७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै विहिवार मात्र उनीहरु आइपुगेका हुन् ।

प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३ सय २०, सल्यानका २ सय ६६, जाजरकोटका ७७ र कालीकोटका ४४ नागरिक रहेका छन् ।

भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेकोले प्रदेश सरकारले सबैको आरडीटी गर्ने बताएको छ । भारतबाट आउनेहरुको सङ्ख्या दैनिक बढिरहेको छ । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट पनि ४ हजार नेपालीहरु सुदूरपश्चिम भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया