घोराहीमा एक जनामा कोरोना संक्रमण

तुलसीपुर, ८ जेठ

दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य  विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही उपमहानगरपालिका–३  निबासी ३७ बर्षका युवकमा कोरोना संक्रमणको पुष्टि भएको कायममुकायम रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिए ।

यो संगै दाङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । यस अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गढवा गाउँपालिका–४ र ५ नम्बर वडामा एक /एक जना र काठमान्डौ र धुलीखेलमा दाङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथ जनासंख्या मन्त्रायले जानकारी दिएको छ । बिहिबार प्रतिष्ठानमा ६९ जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया