लमहीका ६ जना क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री

लमही, ८ जेठ ।

लमहीको एक निजि पोलिकिल्कि संस्थाले लमहीका छ जना क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९)को जोखिममा निरन्तर फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई एन.९५ मास्क, ग्लोब्स र सेनिटाइजर संस्थाका संचालक विपि पौडेलले प्रदान गरेका हुन् ।

यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै यस्तो विपद्को बेला सबैभन्दा फिल्डमा निरन्तर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लमहीका क्रियाशिल पत्रकारलाई आवश्यक परे खण्डमा फेरी पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने संस्थाका संचालक पौडेलेले बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह, रेडियो हाइवेका प्रबन्धक केपी घिमिरे, गोरखापत्र राष्ट्रिय दैनिक देउखुरी समाचारदाता दिवाकर पोख्रोल, नयाँ युगबोध राष्ट्रिय दैनिक देउखुरी समाचारदाता दशरथ घिमिरे, तुलसिपत्र राष्ट्रिय दैनिक देउखुरी समाचारदाता प्रिया स्मृती गजमेर र गणतन्त्र राष्ट्रिय दैनिक देउखुरी प्रमुख शिवु खनाललाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया