कोरोना निको भएको यसरी थाहा पाउन सकिन्छ

तुलसीपुर, ८ जेठ

कोरोना लागेमा कति दिन अस्पतलामा बस्नु पर्छ होला ? सबैलाई यो जिज्ञासा लाग्नु स्वभाविकै हो । लक्षण नदेखिने कोरोना निको भएको कसरी थाहा पाउने ? यो पनि जिज्ञासाको विषय हो । तर आत्तिनु पर्दैन ।

थाहा पाउनका लागि यसको सजिलो उपाय छ । कोरोना विशेष अस्पताल बेलझुण्डीका सचिवालय सदस्य डा. सर्वेश शर्माका अनुसार कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको ७ दिनमा मा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेभि आयो भने दुई दिन पछि फेरी स्वाब परीक्षण गरिन्छ ।

दुई दिनपछि पनि रिपोर्ट नेगटिभ आएपछि उसलाई घरम पठाईन्छ । किनी ऊ निको भईसक्यो । तर र ७ दिनपछि स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा पुनः सात दिनपछि स्वाब परीक्षण गन्छि ।

दोस्रो पटकको स्वाब परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएमा त्यसलाई कोरोना निको भएको मान्न सकिदैन । संक्रमण पुष्टि भएको २ पटकक चेक गर्दा  रिपोर्ट नेगेटिभ आएमा कोरोना संक्रमित बिरामीलाई निको भएको मान्न सकिने र जतिपटक चेक ग¥यो त्यतिपटक पोजेटिभ आएमा निको भएको मान्न नसकिने सदस्य सचिव डा. शर्माले बताए ।

कोरोना पोजिट भएका बिरामीलाई सामान्य अवस्थामा आइसोलेसनमा राखेर निगरानी गर्ने र लक्षणका आधारमा समस्या देखा परेका बिरामीलाई लक्षणका आधारमा उपचार गरिने अस्पतालले जानकारी दिएको छ ।

‘कोरोना भाईरसको औषधि अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ डा. शर्माले भने –‘त्यसैले ज्वरो आएकालाई ज्वरो कन्ट्रोल गर्ने औंषधि गर्छौ। पखाला लागेकालाई पखालाको औंषधि गछौं । लक्षणका आधारमा औषधी गर्दै स्वाब परीक्षण गर्दै जान्छौ रिपोर्ट नेगेटिभ आयो र लक्षणहरु पनि देखिन छोडे भने बिरामी निको भएको मान्दछौ । दि रिपोर्ट पोजेटिभ आयो भने निको भएको मान्न सकिदैन र उपचारको प्रकृया अघि बढीरहन्छ ।’

कोरोना अस्पतालमा रहेका १६ जना संक्रमित आएको भोली ७ दिन पुग्दै छ  । भोली नै उनिहरुको स्वाब परीक्षण गरिने छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया