मुम्बई, ८ जेठ
बलिउड अभिनेत्री जान्ह्वी कपूर र उनका पिता एवम निर्माता बोनी कपुरले आफुहरुमा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आफुहरुको परिवारमा अरुलाई पनि कोरोना नदेखिएको बताएका छन् ।
यी कपूर परिवारमा काम गर्ने एक कामदारलाई कोरोना संक्रमण देखिएको थियो । ती कामदार पछिल्लो समयसम्म पनि जान्ह्वकीको घरमा कार्यरत थिए । खोकीसँगै ज्वारो देखिएपछि ती कामदारको स्वाब परिक्षण गर्दा कोरोना देखिएको हो ।
ती कामदारलाई अहिले अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार