प्रहरी इन्चार्जको बाटैमा मृत्यु

ताप्लेजुङ, ८जेठ

झगडा मिलाएर कार्यालय फर्किदै गरेका असईको बाटोमै मृत्यु भएको छ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको प्रहरीले बताएको छ ।

सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो । अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।

राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया