कोरोनाको शिक्षा, हरेक व्यक्तिमा स्वास्थ्य सुरक्षा

८ जेठ २०७७

कोरोना भाईरसका कारण विश्व नै यतिबेला अक्रान्त बनेको छ । विश्वका दुई सय भन्दा वढि देशमा फैलिएको कोरोना भाईरसले गर्दा ठुलो मानविय क्षति पुगेको छ । जसले गर्दा कोरोना भाईरसका कारण आम नागरिक त्रसित बनेका छन् । यस संक्रमणबाट विश्वभर लाखौ नागरिक संक्रमित बनेका छन् । संसारभर संक्रमणको जोखिम उत्तिकै छ ।

चीनको वुहानबाट फैलिएको यो कोरोना भाईरस सुरु भएको झण्डै ६ महिना हुनै लाग्दा पनि अहिलेसम्म यस संक्रमणको खोप भने पत्ता लाग्न सकेको छैन । यद्यपी यसको अनुसन्धान भईरहेको छ । पछिल्लो समयमा नेपालमा पनि यो भाईरस भयावह हुदै गएको छ । दिनप्रतिदिन संक्रमितहरुको संख्या बढेको छ ।

यस भाईरसको खोप पत्ता लाग्न नसकेता पनि यसबाट बच्ने केहि उपायहरु अपनाउन थालिएको छ । कोरोना भाईरसबाट बच्नका लागी अनिवार्य मास्क लगाउनु पर्ने, स्यानिटाईजर अथवा सावुन पानीले मिचिमिचि हात धुनु पर्ने, स्वास्थ्य सरसफाईमा ध्यान दिनुपर्ने, काम गर्दा ग्लोब्स लगाउनु पर्ने , कसै संग हात मिलाउनुको सट्टा नमस्कार गर्नुपर्ने, अङकमाल गर्न नहुने, भिडभाडमा जान नहुने लगाएतका बच्ने उपायहरु रहेका छन् ।

जवकी यस अघि विगतका दिनमा मास्क लगाउने चलन कमै भएको पाईन्थ्यो । तर अहिले कोरोना भाईरसले गर्दा जन्मदेखी बृद्धले मास्क प्रयोग गरेका छन् । जेष्ठ नागरिकहरुले घरमा बस्दा समेत मास्क प्रयोग गरेका छन् ।कोरोनाबाट बच्नका लागी आजभोली बालक देखी बृद्धसम्मका उमेर समुहले मास्क लगाएको देख्न पाईन्छ । मास्कको नामै नसुनेका ती व्यक्तिहरुले समय अहिले कोरोनाकै डरले मास्क लगाउन थालेका छन् ।

यस्तैगरी विगतमा सरसफाईमा पनि खासै ध्यान नदिने नागरिकले अहिले दैनिक सावुन पानीले हात धुने गरेका छन् ।जसले विगतमा आर्थिक अभावकै कारण हात धुने सावुन नहुदा समस्यामा परेका नागरिकलाई सरकारले राहात स्वरुप सावुन दिएपछि उनीहरुले केहि दिन सम्म सावुन पानीले हात धुनु पर्दो रहिछ भन्ने शिक्षा प्राप्त गरेका छन् । साथै विगतमा एक अर्काले हात मिलाउने, अङकमाल गर्ने जस्ता थुप्रै व्यवहारमा परिवर्तन आएको छ ।

यी कुराहरु कोरोना भाईरसले दिएको शिक्षा मान्न सकिन्छ । माथि उल्लेखीत यी सवै कुरा अपनाएमा कोरोना भाईरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ ।ताकी यसले नागरिकहरुलाई सधै रोगबाट बच्नका लागी एउटा शिक्षा दिएको छ । यस अघिका दिनहरुमा नागरिकले लापरबाही गर्ने, सरसफाईमा ध्यान नदिने अर्थात व्यवास्ता गर्ने प्रबृत्ति थियो । अवका दिनमा हरेक नागरिकले स्वास्थ्य सरसफाईमा ध्यान दिनुपर्दो रहेछ भन्ने शिक्षा प्राप्त गरेका छन् ।

यत्ति मात्रै होईन कोरोना भाईरसकै कारण अहिले शहरका नागरिक ग्रामिण भेग तिर केन्द्रित भएका छन् । अन्य समयमा सेवा सुविधा भएको शहरबजारमा बसेका नागरिक अहिले गाउँमै बसाई गर्न थालेका छन् । उनीहरु गाउँमा गएर खेतीपाती समेत गर्न थालेका छन् । शहरबजारमा कोरोना भाईरस संक्रमणको डरले गर्दा उनीहरु गाउँ तर्फ बस्न थालेका छन् ।

त्यसकारण कोरोना भाईरसले संसारलाई अहिले उथुलपुथुल पारेको अवस्थामा हरेक नागरिकहरुको जिवनशैली फेरिनुको साथै व्यवहार र सोचमा समेत परिवर्तन ल्याईदिएको छ । यद्यपी यो विषय परिस्थितिबाट उत्पन्न भएका समस्या समाधानका उपाय र यसबाट प्राप्त भएका सिकाई अनुभवलाई आगामी दिनमा पनि निरन्तरता दिन आबश्यक देखीन्छ । ताकी कुनै पनि समयमा आईपर्ने समस्या संग जुध्न अझ मद्दत पुगोस् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया