कोशी अस्पतालबाट थप आठजना निको भए

विराटनगर, ७ जेठ ।

कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये थप आठजना निको भएका छन् । उनीहरूलाई बुधवार डिस्चार्ज गरिएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा कोरोनामुक्त भएर डिस्चार्ज भएकालाई स्वास्थकर्मीले पुष्पगुच्छा दिएर बिदाइ गरेका छन् ।

डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् । भुल्केका तीन जनालाई होम क्वारेन्टाइनमा र भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिनुभएको छ । यससँगै देशभर कोरोना पुष्टि भएर पनि निको हुनेको सङ्ख्या ४५ पुगेको छ

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया