
फाईल फोटो
तुलसीपुर, ७ बैशाख
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–. ३ बसेरामा ट्याक्टर पल्टीदा ४ जना घाईते भएका छन् ।
घाईते हुनेमा जिल्लाको आठविसकोट नगरपालिका–३ निबासी शुक्र विक, सोही ठाउँका २३ बर्षका राजु विक, ४१ बर्षका धन बहादुर विक र ४१ बर्षका रण बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
खाद्यन्न लिएर स्यालाखदि तर्फ जाँदै गरेको ना ६ त ३३३९नम्बरको ट्याक्टर पल्टीदा उक्त दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि राडि नगर अस्पताल लग्दै गरेको प्रहरीले बताएकोछ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार