दलित सेवा संघद्धारा लकडाउनबाट प्रभावित २३ घरपरिवारलाई राहत वितरण

तुलसीपुर, ७ जेठ ।

दलित सेवा संघ शाखा दाङले लकडाउनका कारण प्रभावित बनेका पश्चिम दाङका दलित समुदायका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा बबईगाउँपालिका वडा नम्वर ६ को समन्वय र स्थानिय मनकामना कृषक समुहको व्यवस्थापनमा वडा नम्वर ५ र ६ का दलित समुदायका २३ घरपरिवारलाई राहत वितरण गरिएको संस्थाका सामाजिक परिचालन अधिकृत छवि परियारले जानकारी दिएका छन् ।

गन्धर्व समुदायका १३, बादी समुदायका ५ र मुक्त कम्लहरीका ५ गरी २३ घरपरिवारलाई राहत वितरण गरिएको हो । उनीहरुलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ केजी नुन,एक लिटर तेल र २ गोटा सावुन गरी जम्मा ५ सय ७५ केजी, ४६ केजी दाल, ४६ केजी नुन र ४६ गोटा सावुन वितरण गरिएको अधिकृत परियारले जानकारी दिएका छन् ।

संस्थाद्धारा बबई गाउँपालिका अन्र्तगत गठन गरेका विभिन्न १२ वटा कृषक समुहका सदस्यहरु मध्ये अति विपन्न नागरिकलाई छनोट गरी राहत उपलब्ध गराईएको उनले बताएका छन् । राहत वितरण कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष लिला विक,वडा नम्वर ६ का वडा अध्यक्ष राम बहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो ।
संस्थाले सन् २०१७ देखी विभेदमा पारिएका समुदायको जिविकोपार्जनमा सुधार परियोजना मार्फत विउ,विजन सहयोग,जमिन भाडामा लिई खेती गर्ने लगाउने अर्धबार्षिक,व्यवसायीक तरकारी खेती र पशु पालनको लागी सहयोग गदै आईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया