तुलसीपुर ११ मा क्वारेन्टाईन स्थापना गर्ने बारे छलफल

तुलसीपुर, ७ जेठ ।

तुलसीपुर ११ मा क्वारेन्टाइन निर्माण हुने भएको छ । वडामा बुधवार भएको सर्बदलिय सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । बैठक वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षता तथा प्रदेश ५ का सांसद शंकर गिरीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।बैठकले अमर मा बि उरहरीमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

उक्त क्वारेन्टाईन आगामी जेठ १२ गते सम्म निर्माण गरिसक्ने गरी कामलाई अघि बढाउने भएको छ ।छलफलमा बिद्यालयका निमित्त प्रधानाध्यापक पदम बहादुर वली,नेकपाका लोक जङ्ग शाह, नेकाका बोधिलाल भण्डारी ,नगर प्रमुखको सचिवालय प्रमुख मान बहादुर रावत लगायतको सहभागिता थियो ।कोरोना भाईरस संक्रमणको माहामारी भईरहेको समयमा भारत तथा अन्तरजिल्लाबाट घर आएका नागरिकलाई उक्त क्वारेन्टाईनमा राखीनेछ ।

यसै बिच उक्त क्वारेन्टाइनमा लाग्ने सबै खर्च उपमहानगरले ब्यहोर्ने नगर प्रमख घनश्याम पाण्डेले बताएका छन ।
सय बेडको क्वारेन्टाइन बनाउने र हाल बीस बेडको बनाउने गरि काम अघि बढाउन नगर प्रमुख पाण्डेले निर्देशन दिएकोे नगर प्रमुखको सचिवालय प्रमुख मान बहादुर रावतले जानकारी दिएका छन । क्वारेन्टाइन निर्माणका लागि विहिवार विहान ११ बजे क्वारेन्टाइन ब्यबस्थापन समितिको बैठक बस्ने भएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया