तुलसीपुरको क्वारेन्टाईनमा बसेर दुई सय भन्दा बढि घर फर्किए

तुलसीपुर, ७ जेठ ।

तुलसीपुरमा सन्चालन गरिएको क्वारेन्टाईनमा बसेर हाल सम्म दुई सय भन्दा वढि नागरिक घर फर्किएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको क्वारेन्टाईन र सामुदायिक क्वारेन्टाईनमा बसेका मध्ये हाल सम्म दुई सय सात जना नागरिक घर फर्किएका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार तुलसीपुर ४ रक्षाचौरमा सन्चालन गरिएको क्वारेन्टाईनमा हाल सम्म १ सय ४५ जना बसेका थिए । हाल उक्त क्वारेन्टाईनमा ४१ जना मात्रै रहेका छन् । यस्तैगरी तुलसीपुर १६ लक्ष्मीपुरमा साुमदायिक क्वारेन्टाईनमा २८ जना, तुलसीपुर १७ बनकट्टा सामुदायिक क्वारेन्टाईनमा २१ जना, तुलसीपुर २ कुमलगढि सामुदायिक क्वारेन्टाईनमा ५२ र तुलसीपुर ८ बटवलपुर सामुदायिक क्वारेन्टाईनमा ३ जना बसेका थिए ।

उनीहरु सवै अहिले घर फर्कि सकेको जनस्वास्थ्य निरीक्षक केसीले बताएका छन् । यस्तै हाल तुलसीपुर २ को सामुदायिक क्वारेन्टाईनमा १ जना रहेका छन् भने अन्य सामुदायिक क्वारेन्टाईन खाली रहेका छन् । कोरोना भाईरस संक्रमणको माहामारी फैलिए संगै देश बाहिर र अन्तरजिल्लाबाट घर आएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्ने गरिएको हो । उनीहरुलाई सामान्यतया दुई हप्ता सम्म क्वारेन्टाईनमा राखेर होम क्वारेन्टाईनमा बस्नेगरी घर पठाईएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया