जिवितलाई मृत्यु भनेपछि हंगामा

बुटवल,७ जेठ ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको उपचार भइरहेको क्रिमसन अस्पतालले जनाएको छ ।

बुधबार विज्ञप्ति निकाल्दै अस्पतालले कोरोना सङ्क्रमित बिरामीको बारेमा आएका हल्ला गलत र भ्रामक भएको बताएको छ । बिरामीको आईसीयूमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालले गलत समाचारको पछि नलाग्न सबैसँग अपिल पनि गरेको छ । सङ्क्रमितको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया