तुलसीपुर, ७ जेठ
तुलसीपुर प्रहरीले लकडाउन उलंघन गरेको भन्दै सर्वसाधारणलाई होल्डमा राखेर छाडेको छ ।
सामाजिक दुरी कायम नगरेको , बजारमा त्यतिकै लखर खलर हिडेको भन्दै सर्वसाधारणलाई तुलसीपुरको वीरेन्द्र चोकमा होल्डमा राखेर छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
मान्छेलाई जति भने पनि बुझाउन नसकिएको भन्दै प्रहरी निरीक्षक पालले नागरिक स्वयम सचेत तहुँदासम्म प्रहरीको एक्लो प्रयासले केहि नहुने बताए ।
कोरोनाको चौतर्फी घेरामा पर्दा पनि तुलसीपुरमा बासीमा अझै सचेतना नआएको भन्दै उनले आफनो सुरक्षाको ख्याल स्वयम आफैले गर्नु पर्ने बताए ।
प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार