विन्दास वर्षा

अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् । नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् ।

लक डाउनका कारण घरमै बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई पनि छटपटी भैरहेको छ । झन्, लक डाउन अगाडि उनी राम्रा चलचित्रमा व्यस्त थिइन् । चलचित्रको अफर पनि उनलाई गज्जबकै आइरहेको थियो ।

तर, लक डाउनको समयमा पनि उनी विन्दास देखिएकी छिन् । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले कहिले उनको छटपटी व्यक्त गरेको छ भने कहिले उनको विन्दास रुप ।

‘परदेशी २’को छायांकन सकेर वर्षा हिट सिरिज ‘नाई नभन्नु ल ६’मा काम गर्न चाहन्छिन् । तर, यो समयले उनलाई साथ देला त ?

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया