तुलसीपुर, ६ जेठ
बाँकेको नैरनापुरको क्वारेन्टाईनमा रहेका कोरोना संक्रमितलाई नेपालगंज र कोहलपुरमा ल्याउन नदिने भन्दै स्थानियहरु विरोधमा उत्रीएका छन् ।
क्वारेन्टाईनमा रहेका मध्य ५९ जनामा कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई नेपालगंजको लायन्स डेन्टल हस्पिटल र खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा राखेर उपचार गर्ने तयारी गरेपछि स्थानीयहरुले विरोध जनाएका हुन ।
स्थानीयहरुले विरोध गर्दै सडकमा उत्रीयपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए ।
‘ कोहलपुरमा स्थानीयहरुले विरोध गरिरहेका छन् ,’ डिएसपी सिंहले भने –‘ नेपालगंजमा स्थानीयलाई कन्भीन्स गरेर नरैनापुरबाट दुई वटा एम्बुलेन्समा कोरोना संक्रमितलाई स्कटीङ गरेर नेपालगंजको धम्बोजीमा रहेको डेन्टल हस्पिटलमा ल्याउँदै छौ । त्यहाँ कति जना राख्ने सोही आधारमा अन्यलाई कोहलपुरमा लग्ने तयारी गरेका छौ ।’
३४ जनालई कृषि बिकास बैकको तालिम केब्द्र कोहलपुर पिपरिीमा राख्ने निर्नय गरेको