सल्यानकी बालिका सुर्खेतमा मृत फेला

तुलसीपुर, ६ जेठ

भेरीनदीमा बगेर वेपत्ता भएकी सल्यानकी बालिका सुर्खेतको तल्लो बोटेचौरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

गएको आइतबार साथीहरुसंग पानी ल्याउन गएकी कुपिण्डे नगरपालिका –१ घाटगाउँ निवासी प्रेम विकको १० वर्षिया छोरी लक्ष्मी विक नदीमा बगेर वेपत्ता भएकी थिइन ।

भेरीनदीमा माछा मार्नेले देखेपछि बालिकालाई आज दिउसो  पानीबाट निकालेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।

प्रहरी निरीक्षक चौधरीले आफन्तहरु कोहि पनि सम्पर्कमा नआएको बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया