रोल्पा आईसोलेशन र भरतपुर अस्पतालमा गरी दुई जनाको मृत्यु

दाङ, ६ जेठ ।

रोल्पा र चितवनमा गरी दुई जनाको मृत्यु भएको छ । रोल्पामा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् ।आइतबार बेलुकादेखि आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए ।

उनले काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किए लगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित भएनभएको बारेमा नमूना संकलन गरी परिक्षणका लागी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

यस्तै चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि सेवन गरीरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको पनि मृत्युको कारण खुलेको छैन । सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड( १९ परीक्षण प्रयोगशाला पठार्इएको छ । दुवै मृतकको कोरेना परिक्षणको रिर्पोट आउन बाँकी रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया