भारतबाट झण्डै दश हजार नागरिक दाङ फर्किदै

                           फाइल फाेटाे 

तुलसीपुर, ६ जेठ

रोजगारीका शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका दाङका १० हजार नागरिक फर्किने क्रममा रहेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । जसमध्य तुलसीपुरका करिब २ हजार नेपाल र भारतको सिमानामा आएर अलपत्र परेकाले ल्याउनका लागि पहल भईरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

रुपैडिया, सुनौली, काँकटभिट्टा, महाकाली लगाएतका सिमा क्षेत्रमा अलपत्र परेकाहरुलाई ल्याउनका लागि पहल भएपनि सम्बन्धित जिल्लाका सिडीयोहरुले अनुमति नदिएकाले समस्या भईरहेको प्रमुख पाण्डेले जानकारी दिए ।

‘अहिले सिमा नाकामा झण्डै दुई हजार जना भएको खबर आएको छ । ‘मेरो नियमित सम्पर्क पनि भएको छ ,’ प्रमुख पाण्डेले भने –‘गाडी पठाउने तयारी भईरहेको छ तर सम्बन्धित जिल्लाका सिडीयोले अनुमति नदिएकाले त्यसका लागि पहल भईरहेको छ ।’

यसैबिच उपमहागनरपालिकाले तत्तकालका लागि दुई सय सैयाको क्वारेन्टाईन बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया