लमही नगरपालिकालाई आयुर्बे्दिक पाउडर हस्तान्तरण

शिवु खनाल

देउखुरी, जेठ ६ /  प्रादेशिक आयुर्बेद चिकित्सकालय बिजौरी दाङले लमही नगरपालिकालाई आयुर्बे्दिक औषधीको पाउडर हस्तान्तरण गरेको छ । क्वारेनटाइनमा बस्ने व्यक्ती, सुरक्षाकर्मी र स्वाथ्यकर्मीको रोगसंग लड्न सक्ने क्षमता बढाउने उद्देश्यले आयुर्बेदीक औषधीको पाउडर हस्तान्तरण गरेको प्रदेशिक आयुर्बेद चिकित्सकालय बिजौरी दाङका निमित्त निर्देशक डाक्टर राम कामेश्वर ठाकुरले बताए ।
उनले भने ,–।

‘यो आयुर्बेदीक औषधीको पाउडरले रोगसंग लड्ने क्षमता बढाउछ । सामाजिक विकास मन्त्रालयको निर्देशन अनुसार क्वारेनटाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेजटाइनमा बस्ने व्यक्तीहरुलाई रोगसंग लड्ने क्षमता बढाउने उद्देश्य जिल्लाका सबै पाकिलाका क्वारेनटाइनमा आयुर्बे्दिक औषधीको पाउडर वितरण गर्दैछौँ ।’ ‘यो आयुर्बे्दिक पाउडर बाच्चा देखि वृद्धसम्म सबैले खान मिल्छ । यसले रोगसंग लड्ने क्षमता बढाउछ ।’

सोमबार लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी, डाक्टर गोकर्ण दाहालको संयुक्तमा प्रदेशिक आयुर्बेद चिकित्सकालय बिजौरी दाङका निमित्त निर्देशक डाक्टर राम कामेश्वर ठाकुरले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई हस्तान्तरण गरेका हुन ।

अहिले सम्म दाङको शान्तिनगर गाउँपालिका, कोरोना विशेष अस्पताल बेलझुन्डि लाई आयुर्बे्दिक धुलो वितरण गरिसकेको छ । दाङको दशवटै पालिकाका क्वारेन्टाइनको लागि आयुर्बे्दिक पाउडर वितरण गर्ने निमित्त निर्देशक डाक्टर ठाकुरको भनाई छ ।।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया