कोरोना संक्रमित व्यक्तिको अवस्था गम्भिर

तुलसीपुर, ५ जेठ 

गुल्मीका कोरोना संक्रमित एक व्यक्तिको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया