प्रदेश ५ का जिल्लाहरूमा कोरोना परिक्षण किटको अभाव

बुटवल, ५ जेठ ।

प्रदेश ५ का जिल्लाहरूमा कोरोना परिक्षण किटको फेरि अभाव भएको छ । भारत लगायत स्थानबाट आएर १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुरू कोरोना जाँच गराएर घर फर्कन चाहिरहेका छन् । तर किटको अभावमा उनीहरूको परिक्षण गर्न नपाएको स्थानीय जनप्रतिनिधीको भनाइ छ ।

किटको अभावका कारण परिक्षणमा ढिलाइ हुँदा क्वारेन्टाइन स्थलबाटै मानिसहरू आफूखुशी घर जान थालेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले क्वारेन्टाईनमा ७ हजार भन्दा बढि मानिस रहेको भएपनि किटको अभाबले उनीहरुको परिक्षण भने गर्न नसकेको बताए ।

थप किटको लागी केन्द्र सरकारसँग कुरा भईरहेको उनको भनाई छ । कोरोना जाँचको लागि पिसिआर किटको अभाब हुँदा बिरामीको पहिचान हुन ढिलाइ हुने र यसबाट समुदायमा फैलने खतरा झन् धेरै हुने तर्फ सचेत रहन प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारलाइ ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया