तुलसीपुर बजारमा भिडभाड नगर्न आग्रह

तुलसीपुर, ५ जेठ

तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपर बजारमा भिडभाड नगर्न आग्रह गरेका छन् । बजारमा दैनिक जसो उपभोग्य सामान किनमेल गर्नेको भिडभाड बढ्न थालेपछि नगर प्रमुख पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

बिहानको समयमा अत्यावश्य पसलहरु खुल्दा बजारमा बढी भिडभाड नगर्न तथा सामाजिक दुरी कायम राख्न अनुरोध गर्दै नगर प्रमुख पाण्डेले लकडाउनको पालनासंगै सरसफाईमा ध्यानदिन आवश्यक रहेको बताए ।

कोरोनाको माहामारीका कारण दैनिक संक्रमणको संख्या बढ्दै जाँदा   अहिले पनि हामीले लापरवाही गरिरहेको बताउदै  तुलसीपुर सहित दाङमा पनि उच्च जोखिम बढेकाले सजग र सतर्क रहन सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया