
दाङ, ५ जेठ ।
भेरी नदीमा डुवेर वेपत्ता भएकी सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका वडा १ घाटगाउँ निवासी प्रेम विकको १० वर्षिया छोरि लक्ष्मि विकको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । आईतवार बेलुकी साथीहरु संग पानी भर्न जादा उनलाई भेरी नदीले बगाएको थियो ।
आईतवार साँझ रातको समयमा खोज्न कठिन भएपछि सोमवार विहानै देखि ती बालिकाको खोजीकार्य भईरहेको छ । तर अहिले सम्म उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार