नरैनापुरका थप ४७ जनामा कोरोना संक्रमण

तुलसीपुर, ५ जेठ

बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ९२ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा ४६ पुरुष र १ महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ । त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएकोमा ८१ जनाको स्वाब परीक्षण बाँकी रहेको छ । आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकल गरी परीक्षण गरिएको हो ।

योसँगै नेपालमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५१ पुगेको छ । ३६ जना निको भएर घर फर्किएका छन् । २ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया