भोलि देखी यी क्षेत्रमा लगातार बर्षा हुने

काठमाडौ, ५ जेठ ।

देशको पहाडी क्षेत्रको मौसममा अहिले आंशिक बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण सोमवारदेशको धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसमविद्ले बताएका छन् । तर मङ्गलबारदेखि भने नेपालमा बङ्गालमा बनेको चक्रवातको असर पर्ने भएको छ ।

मौसमद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण मंगलवारदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षाको सम्भावना छ । प्रि–मनसुनको समयमा बङ्गालमा यस्ता खालका चक्रवात बन्नु कुनै नौलो भने नभएको अर्का मौसमविद् प्रतिभा मानन्धरको भनाई छ ।

मङ्गलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना रहेको छ । तर यो चक्रवातको असर नेपालको पश्चिम क्षेत्रमा भने नपर्ने मौसमविदको अनुमान छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया